सरकारको ध्यान पार्टी फुटाउने र कुर्सी जोगाउनेमा मात्रै छः राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले काम गर्न नसकेको बताएका छन् ।

आज शुरु भएको संसदको बजेट अघिवेशनमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको टिप्पणी गरे ।

‘यस्तै बेलामा जनताले सरकारबाट सुरक्षा राहत खोजेको हुन्छ । काम न काजको दुईतिहाईको सरकारलाई जनतालाई पीडा पुर्याउन भोट दिएको हो ? आजको दिनमा दुई तिहाईको सरकार दुई कौडीको काम नगर्ने’, उनले भने ।

सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए ।

‘जनता त्राहीमाम, उता कुर्सी बचाउनका लागि अध्यादेश । के हो ? सरकार के गरिराखेको छ ? यो रातारात आध्यादेश केका लागि आयो ? लोकतन्त्र बलियो पार्न, पार्टी फुटाउने रे ! के हो यो ?’, उनले प्रश्न गरे ।

पार्टी एकता गरेर उल्टाे सरकारलाई सरप्राइज दिएकाे उनले दाबी गरे । ‘हाम्रो पार्टी पनि फुटाउने रे ! हाम्रो मित्र पार्टीलाई फुटाउने रे ! सरप्राइज ! खुदा पहाड निकला चुहिया ! यहाँ त अर्कै पो सरप्राइज आएको रहेछ त ! यस्तो काम न काज सरप्राइज नेपाली जनतालाई चाहिएको छैन । हामीले पनि सरप्राइज गरेर देखाइदियौं । लु फोर् त हाम्रो पार्टी !’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *