‘कोरोना परीक्षणमा जनता र सांसदमा किन भेदभाव’

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सांसद र जनतालाई फरक-फरक विधिबाट कोरोना भाइरस परीक्षण गरिएकोमा प्रश्न उठाएका छन्। सांसदलाई पीसीआर परीक्षण गरिएको ठिक भए पनि जनताप्रति भेदभाव भएको उनले टिप्पणी गरेका छन्।

‘सांसदलाई पीसीआर परीक्षण अनि संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र ?,’ ट्विटरमा उनले भनेका छन्, ‘यो कस्तो शैली हो सरकार ? सांसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्यो ? अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान् !’

संघीय संसदको बजेट अधिवेशन अघि सांसदहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। तर सरकारले सर्वसाधारण जनताको जिल्लाहरुमा र्यापिट डायग्नोस्टिक टेस्ट (आडीटी) विधिबाट कोरोना परीक्षण गरिरहेछ।

आरडीटीमा कोरोना संक्रमण देखिएपछि फेरि एकिन गर्न पोलिमरेज चेन्ज रिएक्सन (पीसीआर) परीक्षण गर्नुपर्ने हुन्छ। आम सर्वसाधारणको कोरोना परीक्षणका लागि सरकारले आरडीटी विधि प्रयोग गरिरहेछ। कोरोना परीक्षणका लागि आरडीटीभन्दा विश्वमै पीसीआर परीक्षण विश्वसनिय मानिएको छ। सांसदहरुलाई यो विधिबाट परीक्षण गरिएको हो।

डा. कोइराला लामो समय चिकित्सा अभ्यास गरेका डाक्टर समेत हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति समेत भएका उनी पछि कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *