नेपालमा हालसम्म ७८ पुरुष र ३१ महिलामा कोरोना संक्रमण

काठमाडौं। शनिबार थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको १ सय ९ पुगेको छ। जसमा ७८ जना पुरुष र ३१ जना महिला कोरोना संक्रमित रहेका छन्।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित हुन्। नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्।

शनिबारसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ। अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् भने उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *