भारतीय प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउन राप्रपा अध्यक्ष थापाको आग्रह
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउन आग्ह गरेका छन् ।
अध्यक्ष थापाले लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउन आग्रह गरेका हुन् ।
उनले भारतको मिचाहा प्रवृत्तिविरुद्ध सरकारले सार्वजनिक गरेको विज्ञप्ति सहि भएको पनि उल्लेख गर्दै गरेका छन् । उनले भारतीय राजदूतलाई बोलाएर विरोध जनाउनसमेत आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले ट्वीटरमा भनेका छन्, ‘नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकारको वक्तव्य सहि छ, सो भावना अनुरुप भारत सरकारलाई विरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउनेलगायत अन्य कदम चाल्न सरकारसँग आग्रह गर्दछु।’
अध्यक्ष थापाको ट्वीट :
नेपालीभूमी अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सहिछ।सो भावना अनुरुप भारत सरकारलाई बिरोधपत्र पठाउन,भारतीय राजदुतलाई बोलाई बिरोध जनाउन र राष्ट्रिय सहमति कायमगरि राष्ट्रसंघ(UN)मा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु @kpsharmaoli
— Kamal Thapa (@KTnepal) May 9, 2020