वीपी प्रतिष्ठानका विरामी कुरुवालाई खाना खुवाउन आर्थिक सहयोग

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विरामीका कुरुवालाई खाना खुवाउन आर्थिक सहयोग गरिएको छ । हङ्गकङमा कार्यरत धरानका खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा प्रतिष्ठानका विरामी कुरुवाहरुको खानाको लागि आर्थिक सहयोग गरेका हुन् ।

कोरोना भाइरसका कारण लकडाउनमा समस्यामा परेका विरामी कुरुवाहरुको लागि नगद रु ५० हजार सहयोग गरेका छन् । दम्पत्तिले एक हजार ५० छाक खानाको लागि नगद ५० हजार रुपैया सहयोग गरेका हुन् । हाल हङ्गकङमा कार्यरत दम्पत्तिले तरुण दल सुनसरी कमिटि कार्यवाहक अध्यक्ष सन्तोष विक मार्फत धरान १८ न. वडाध्यक्ष प्रविण राईलाई हिजो रकम हस्तान्तरण गरेका थिए ।

दाताका अनुसार उनिहरुको प्रतिनिधि समेतको उपस्थितिमा शुक्रवार साँझ ३ सय ५० छाक खाना कुरुवाहरुलाई खुवाएको छ । आज शनिवार साँझ र आइतवार साँझसम्म खाना खुवाइने १८ न. वडा समितिका अध्यक्ष प्रविण राईले बताए ।

धरान १८ नं. वडा समितिले विभिन्न संघसंस्थाहरु सँग सहकार्य गरेर लकडाउन सुरु भएपछि चैत्र १४ गते देखि प्रतिष्ठानका विरामीका कुरुवाहरुलाई विहान र साँझ नियमित रुपमा खाना खुवाउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *