आइतबार र सोमबार काठमाडौंका यी स्थानमा वत्ती हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सट डाउन हुने बताएको छ ।
प्राधिकरण कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि भोली र पर्सी विद्युत सट डाउन हुने जनाएको छ ।

प्राधिकरणका अनुसार स्वीचाटार–स्वयम्भु फिडरबाट वितरीत एचटी लाइनको जम्पर छुटाई तथा सितापाइला गोल्छा चोक सँगैको सेक्सनलाइजर स्विच काटी कार्य गर्नुपर्ने भएकोले २८ र २९ गते विहान ९ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने छ ।

फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, विद्युत सट डाउन हुने प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *