आज बैशाख २८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. वैशाख २८, २०७७ । ई.सं. 10 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण वसन्त । आइतवार ज्येष्ठ कृष्णपक्ष । तिथि तृतीया, ११:३९ बजे उप्रान्त चतुर्थी । नक्षत्र ज्येष्ठा, ०८:३३ बजे उप्रान्त मूल । योग शिव, १०:१४ बजे उप्रान्त सिद्ध । करण भद्रा ११:३९ बजेदेखि वव, २३:०३ बजे उप्रान्त तैतिल । चन्द्रराशि वृश्चिक । आनन्दादि योग काण । दिनमान ३३।२६ । सूर्योदय ०५:२० । सूर्यास्त १८:४२ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्व ईच्छाको भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रोकिएका र अधूरा कार्य पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको आफन्त र मित्रसँग प्रविधि मार्फत भेटघाट हुनेछ । साथै सफल नयाँ योजन पनि देखिन्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यहरू विस्तारै सहज हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट गरेको कार्यमा वाधा आइपर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा विशेष बढ्ने र सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *