नेपाली भूमिमा सडक बनाउने भारतको कदमप्रति हाम्रो आपत्ति छः मन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकतर्फी रूपमा नेपाली भूमि प्रयोग गरी भारतले चीनसँग जोड्ने सडकमार्ग बनाएको प्रति आपत्ति जनाएका छन्। आइतबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नेपाली भूमि हुँदै भारतले १९ किलोमिटर सडक निर्माण गरेकोप्रति असहमति जनाए।

उनले विवादित यस विषयमा दुई देशबीच कूटनीतिक तवरबाटै समस्या समाधान गरिने बताए। मन्त्री ज्ञवालीले नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको र विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको बताए। कोरोना भाइरसको सङ्क्रमण रोकिएसँगै परराष्ट्र सचिव स्तरीय वार्ता गर्ने कुरा भारतीय विदेश मन्त्रालयले दोहोर्‍याएको उनले जानकारी दिए।

भारतले सन् १९९९ मा लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा विकास गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए। भारत सरकारले सन् २००५ मा उक्त सडकमार्गलाई स्वीकृत गरेको र सन् २००८ बाट सडकमार्ग निर्माण कार्य सुरु गरेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *