भिम रावलको प्रश्नः नेपाली भूमि राखेर नक्सा प्रकाशित गर्न सरकारलाई किन गाह्रो भएको हो ?

काठमाडौं। भारतले नेपाली भूमि प्रयोग गरेर लिपुलेकमा सडक निर्माण गरेकोप्रति नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्। आइतबार बसेको संसद् बैठकमा उनले भारतको उक्त कदम अन्तर्राष्ट्रिय कानून र असल छिमेकी नीतिको विरुद्ध रहेको बताए।

नेता रावलले नेपाली भूमिमा सडक निर्माण गर्ने काम तुरुन्त बन्द गर्न आग्रह पनि गरे। उनले लिपुलेक बाट भारतीय सेना फिर्ता गर्न मागसमेत गरे। यसको लागि नेपाल सरकारबाट भइरहेका प्रयासबारे संसदलाई जानकारी गराउन समेत आग्रह गरे।

नेपाल सरकारले लिपुलेक सहितको नेपालको नक्सा अहिलेसम्म जारी नगरेको प्रति आक्रोश व्यक्त गरे। उनले भनेका छन्, ‘भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा प्रकाशित गर्ने। अनि नेपालको आफ्नो भूमि राखेर नेपालको नक्सा प्रकाशित गर्न नेपाल सरकारलाई के गाह्रो भइरहेको छ? त्यो गाह्रो सांसदलाई जानकारी गराओस्।’

नेपालको नक्सा सार्वजनिक गर्न गाह्रो भएको हो भने त्यसलाई संसद्मा ल्याए फुकाउन अग्रसरता लिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *