चिनियाँ मिडियाको दाबीः सगरमाथा चीनमा पर्छ

काठमाडौं । चीनको एक सञ्चार माध्यमले विश्वकै अग्लो शिखर सगरमाथा चीनमा पर्ने दाबी गरेको छ ।

चिनियाँ मिडिया ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ ले सगरमाथा क्षेत्रका केही तस्विरहरु राखेर आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

उक्त ट्वीटमा सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ । सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

यता भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि नयाँ बाटो खोलेर पुनः विवाद निम्त्याएकाे छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिंक रोड उद्घाटन गरेपछि नेपालमा चर्काे विवाद भइरहेकाे छ ।

यद्दपी भारतले भने पटक-पटक उक्त क्षेत्र आफ्नै भएकाे दाबी गर्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *