भारतीय अतिक्रमणविरुद्ध नारा लगाउने समूह नै पक्राउ

काठमाडौं । प्रहरीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोध गर्दै प्रदर्शनमा उत्रिएको एक युवा टोलीलाई नियन्त्रणमा लिएको छ ।

सीमा मिच्न पाइँदैन भन्दै सद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट संसद भवनतर्फ अघि बढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसद भवनमा कालो झन्डासहित विरोध गरेका थिए । उनीहरूकाे साथमा कुनै पनि संगठनको ब्यानर थिएन ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भू–भाग समेत मिचेर भारतले मानसरोवर जाने बाटो विस्तार गरेको विरोधमा केही दिनदेखि काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिने काम पनि जारी नै राखेकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *