चिनियाँ मिडिया सिजिटिएनले सच्यायो सगरमाथाको झुटो दाबी

काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नो देशमा पर्छ भन्ने समाचार चिनियाँ मिडियाले सच्चाएको छ ।

चिनियाँ मिडिया ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ ले सगरमाथा क्षेत्रका केही तस्विरहरु राखेर आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।

उक्त ट्वीटमा सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ । वास्तवमा सगरमाथाको उत्तरी मोहोडा तिब्बततिर पर्छ। तर सिजिटिएनले भने सगरमाथा नै चीनमा पर्ने उल्लेख गरेपछि गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भयो । त्यसपछि उसले आफ्नो ट्वीट सच्याएको हो ।

सच्याएकाे ट्वीटः

पहिलेकाे ट्वीटः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *