कोरोनालाई जिते युवा खेलाडी डिबालाले

एजेन्सी । इटालियन क्लब युभेन्टस तथा अर्नेन्टानाका युवा फरवार्ड पाउलो डिवालाले कोरोनालाई जितेका छन् । गएको चैत्र ९ गते उनलाई कोरोना पोजेटिभ देखिएपनि उपचारका लागि राखिएको थियो ।

उनको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको इटालियन क्लब युभेन्टसले जनाएको छ । युभेन्टसले गत बुधबारै राती १० बजे प्रेस नोट जारी गर्दै डिबाला कोरोना भुक्त भएको जनाएको छ ।

डिबालाको पछिल्ला ७ सातामा गरीएका ५ वटा परीक्षणमा ४ वटामा कोरोना देखिएको थियो । पछिल्लो परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको क्लबले जनाएको छ ।

डिबाला र उनकी प्रेमिका ओरिआनालाई एक साथ कोरोना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *