के मोटा मानिसका लागि बढी घातक छ कोरोना भाइरस ?

काठमाडौं । माेटा मानिसमा क्यान्सर र मुटुको बिमारीको जोखिम धेरै हुन्छ भन्ने हामीले सुनेका छौँ । तर शुरुवाती अनुसन्धानमा यो पनि भनिएको छ कि मोटो मानिसलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम पनि धेरै हुनसक्छ ।

के यसको कुनै प्रमाण मिलेको छ ?

यस प्रश्नको जवाफ यद्यपी कयौँ प्रकारका अध्ययन पश्चात निश्चित रुपमा मिल्न सक्छ तर विशेषज्ञहरुले पछिल्ला आँकडाका आधारमा यसको जवाफ खोज्ने कोशिस गरेका छन् ।

– ब्रिटेनमा १७ हजार मानिसहरुमा गरिएको अध्ययनमा यो पत्ता लागेको छ कि जो मोटोपनका शिकार थिए, उनीहरुमा ३३ प्रतिशत मृत्युदर ज्यादा रहेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

– त्यस्तै अर्को अध्ययनमा यस्ता मानिसहरुमा मृत्युदर दोब्बर पाइएको छ । अनुसन्धानकर्ता भन्छन् कि यदि यीनीहरुमा मुटुको बिमारी र डाइबिटिज जस्तो दोस्रो कारण सामेल गर्ने हो भने यो आँकडा अझै धेरै हुन जान्छ ।

– ब्रिटेनको आईसीयूमा भर्ना भएका मानिसहरुमाथि गरिएको अध्ययनबाट यो कुरा खुलेको छ कि त्यहाँ भर्ती भएका करिब ३४.५ प्रतिहत मानिसहरु बढी तौलका थिए र ३१.५ प्रतिशत मानिसहरु मोटा थिए र सात प्रतिशत मोटा र बिमार दुवै थिए । जबकी २६ प्रतिशत मानिसहरुको बीएमआई सामान्य थियो ।

शरीरको वजन र लम्बाईको अनुपातलाई बीएमआई भनिन्छ । बीएमआईबाट कुनै व्यक्तिको अधिक वजन, मोटोपना र स्वस्थताको पहिचान गरिन्छ ।

वर्ल्ड ओबेसिटी फेडरेशनले जो व्यक्तिहरुमा कोरोना संक्रमण भइरहेको छ तीमध्ये धेरै प्रतिशत ती मानिसहरुको छ जसको बीएमआई २५ भन्दा माथि छ । अमेरिका, इटाली र चीनमा भएको सुरुवाती अध्ययनले पनि यसै भनेको छ । बढी उमेरका मानिसहरुमा त जोखिम छ नै ।

मोटा मानिसलाई किन धेरै खतरा ?

जति धेरै वजन हुन्छ उति नै ज्यादा फ्याट शरीरमा हुन्छ र उति नै कम फिट भइन्छ । यसले रोगसँग लड्न क्षमतामा असर पर्न सक्छ । यसले तपाईँको रक्तसम्म अक्सिजन पुग्न समस्या हुन सक्छ । रक्त प्रवाहमा र मुटुमा पनि असर पुग्न सक्छ ।

युनिभर्सिटी अफ ग्लासगोका प्रोफेसर नवीद सत्तार भन्छन्– ‘अधिक वजन भएका मानिसलाई अधिक अक्सिजनको आवश्यकता पर्छ । यसले उनीहरुको सिस्टमा जोड पर्छ ।’ कोरोना जस्तो संक्रमणको समय यो खतरनाक हुन सक्छ ।

वैज्ञानिकले पत्ता लगाएका छन् कि कोशिकाहरुमा रहेका एसीइ–२ नामक एन्जाइम कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मुख्य मार्ग हो । यो एन्जाइम धेरै मात्रामा फ्याट्टी कोशहरुमा पाइन्छ । जो मानिसहरु अधिक वजनका छन् उनीहरुमा यो फ्याट्टी कोशिकाहरु धेरै हुन्छ । यसकारण संक्रमणको जोखिम धेरै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *