अमेरिकामा डेढ महिनायताकै न्यून मृत्यु, विश्वभर कहाँ कति संक्रमण र मृत्यु ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको छ । यो डेढ महिनायताकै न्यून मृत्यु हो ।

आइतबार अमेरिकामा एक दिनमा कोरोनाबाट ७ सय २ण् को मृत्यु भएको छ, जबकि शनिबार एकैदिन १ हजार ४२२ र शुक्रबार १ हजार ६८७ को मृत्यु भएको थियो ।यसअघि गत मार्च ३० मा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ८१५ रहेको थियो । अमेरिकामा कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको छ ।

अमेरिकामा अहिलेसम्म ८० ७ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ८५५ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख १९ हजार १८३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २६८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९२३ जनामा संक्रमण देखिएको छ । १ लाख ८६ हजार ९८४ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा २ लाख १९ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १६५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ७० पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ५ हजार १८६ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १४३ जनाको मृत्यु भएको छ भने १ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २६ हजार ६२१ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ६४ हजार ६६३ पुगेको छ । १ लाख ७६ हजार ४३९ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१२ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भएको छ । यसअघि शनिबार पनि त्यहाँ संक्रमित र मृतकको संख्या केही दिन यताकै न्यून थियो । शनिबार त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ९७० पुगेको छ भने मृतक संख्या २६ हजार ३८० पुगेको छ ।

कोरोना संक्रमणबाट विश्वभर २ लाख ८३ हजार बढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ८३ हजार ८ सय ५० पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४१ लाख ८० हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १४ लाख ९० हजार ५ सय निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *