‘लिपुलेक समस्याको समाधान कूटनीतिक पहलबाट हुनुपर्छ’

काठमाडौं। लिपुलेक क्षेत्रको सिमानामा देखिएका समस्यालाई जतिसक्दो चाँडो कूटनीतिक पहलबाट समाधान गर्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरुले जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरुले सरकार र सबै नेपालीहरुलाई राष्ट्रियताका पक्षमा उभिन आग्रहसमेत गरे।

सांसद चक्रप्रसाद स्नेहीले कूटनीतिका पहलबाट लिपुलेकको समस्या समाधान गर्नुपर्ने बताउँदै भारतका विभिन्न शहरमा रहेका नेपालीलाई स्वदेश ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद रामलखन चमारले कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने महिलाका लागि बजेटमा अनुदानको व्यवस्था गर्नुपर्ने बताए। सांसद प्रकाश पन्तले हामीले भारतले गरेको जे पनि सहन सक्दैनौँ भने।

सांसद उदया शर्मा पौडेलले कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्नुपर्नेमा जोड दिइन्। सांसद डा विमला राई पौडेलले आगामी बजेटको प्राथमिकतामा कोभिड–१९ लाई जोड दिनुपर्ने बताइन्। सांसद नैनकला ओझा र विना पोखरेलले किसानलाई प्राथमिकता दिने खालको बजेट ल्याउनुपर्नेमा जोड दिइन्। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *