बलिउड मोडल पुनम पाण्डे पक्राउ

काठमाडौं । बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी छिन् ।

मुम्बईको मरीन ड्राइवमा ४६ वर्षीय मित्र सैम अहमदका साथमा बीएमडब्लू कारमा डुलिरहेको अवस्थामा प्रहरीले पुनमलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचार संस्था पीटीआईका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता गरिएको सिनियर पुलिस इन्स्पेक्टर मृत्युंजय हिरेमठले जानकारी दिएका छन् । उनीहरुविरुद्ध नेशनल डिजास्टर एक्ट अन्तर्गत आइपीसीको धारा २६९ र १८८ अनुसार मुद्दा दर्ता गरिएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १७ मे सम्म लकडाउन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *