राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा हाल उनी युएईको दुबईमा छन् । उनी त्यहीँ संक्रमित भएका हुन् । सन् २०१७ यता दुबईमा  बस्दै आएका उनीमा मे ६ मा कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । हाल आइसोलेसनमा छन् ।

नेपालको राष्ट्रिय टिमका लागि सन् २००८ देखि १० सम्म खेलेका रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । घरेलु फुटबल फ्रेण्ड्स क्लबबाट पनि उनले खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *