कांग्रेसद्धारा पक्राउ परेका कार्यकर्ता निःशर्त रिहा गर्न माग

धरान ।  नेपालको लिपुलेकमा भारतले सडक निर्माण गरी गरेको अतिक्रमणका विरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाली कांग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको निःशर्त रिहा गर्न कांग्रेसले माग गरेको छ ।

प्रदर्शनको क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, वलदेव तिम्सिना र युवराज पाण्डे लगायत सयौं विद्यार्थी नेता तथा कार्यकर्ताहरु पक्राउ परेपछि  विना शर्त रिहा गर्न सुनसरी कांग्रेसले माग गरेको हो ।

सुनसरी पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेद्धारा जारी गरिएको विज्ञप्तिमा कहिले नक्शा परिवर्तन गर्ने त कहिले दादागिरी शैलीमा नेपाली भूमि अतिक्रमण गर्ने भारतको कार्यको विरोध गर्दै देशको स्वाधिनता, अखण्डता, भूमि रक्षा र राष्ट्रियताका पक्षमा गरिएको प्रर्दशनमा सरकारको निर्देशनमा नेपाल प्रहरीद्धारा भएको हस्तक्षेपको समेत भत्सर्ना गरिएको छ ।

विज्ञप्तिमा देशका विभिन्न स्थानमा भारतीय अतिक्रमणका विरुद्ध तथा नेपाली भूमि र राष्ट्रियताको रक्षार्थ स्वस्फुर्त भएको प्रर्दशनका क्रममा पक्राउ परेका तमाम् राष्ट्रप्रेमी देशभक्त नेपाली यूवाहरुको निशर्त स–सम्मान रिहा गर्न समेत माग गरिएको छ ।

त्यसैगरी लिपुलेक अतिक्रमण प्रकरण लगायत देशका विभिन्न स्थानमा भारतले सीमा मिची नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा उच्चस्तरीय कुटनीतिक पहल गरी दीर्घकालीन समाधान गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *