आज बैशाख ३० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख ३०, २०७७ । ई.सं. 12 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायणवसन्त । मंगलवार ज्येष्ठ कृष्णपक्ष । तिथि पञ्चमी, ०९:५५ बजे उप्रान्त षष्ठी । नक्षत्र पूर्वाषाढा, ०८:११ बजे उप्रान्त उत्तराषाढा । योग साध्य, ०६:४१ बजे उप्रान्त शुभ । करण तैतिल ०९:५५ बजेदेखि गर, २१:४७ बजे उप्रान्त वव । चन्द्रराशि धनु । आनन्दादि योग मित्र । दिनमान ३३।३२ । सूर्योदय ०५:१९ । सूर्यास्त १८:४३ । अगस्ति काठमाडौं समान अक्षांश–रेखाबाट २९:१८ बजे अस्त ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयपनि रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दुरदराज वा परदेशमा रहेका आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरापनि मिलनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावनापनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *