तस्करी गर्न नपाएपछि भारतीयले गरे सुरक्षाकर्मीमाथि ढुङ्गामुढा

नवलपरासी पश्चिम । तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सीमा खटिएका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–६ कठहवाँस्थित दशगजामा निगरानी गर्न खटिएका शसस्त्र र जनपद प्रहरीलाई भारतीय तस्करहरुले सोमबार साँझ ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरुको ढुङ्गा प्रहारबाट सुरक्षाकर्मी भने घाईते भएका छैनन् । उक्त दशगजाको सीमावारी कठहवाँ र पारी बहुआर बजार हो । बहुआर गाउँ नेपाल दशगजा संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सीमावर्ती बजार हो । त्यहाँको लाईनटोलाका बासिन्दाहरु अधिकांश तस्करीका कार्य गर्दै आएका छन् । विगत लामो समयदेखि विभिन्न सरसमानको तस्करी गर्दै आएकोमा अहिले देश लकडाउन र सीमा बन्द भएपछि उनीहरु तस्करी गर्न नपाएपछि सुरक्षकर्मीहरुमाथि आक्रोश पोख्दै ढुङ्गामुढा प्रहार गरेको स्थानीय करम हुसैन अंसारीले जानकारी दिएका छन् ।

बहुआरको लाईनटोलाका बासिन्दाहरु नै उल्टिएर नेपाली सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु आफनो ज्यान जोगाउन सिमावारी कठहवाँ गाउँतिर भागेका थिए । ढुङ्गाले सुरक्षाकर्मीहरु घाईते नभएपनि दुखद घटनारहेको स्थानिय करम हुसैनले बताएका छन् । ढुङ्गाप्रहार गर्दै उनीहरु नेपाल भित्रिन थालेपछि सुरक्षाकर्मी र स्थानीयहरुले उनीहरुलाई सिमापारी धपाएका थिए ।

यसरी भयो घटना
सोमबार ४ बजेको समयमा दशगजामा चरिरहेको एक बाख्रा सीमावारी कठहवाँ गाउँतरि छिरेपछि बाख्रा लिन एक महिला नेपाल छिर्न खोजेकि थिईन । उनलाई सीमा खटिएका सुरक्षाकर्मीले तपाई नछिर्नुहोस् हामीले बाख्रा उतै पठाईदिन्छौ भनेपनि उनी अटेरी ग¥दै सयको संख्यामा गाउलेहरुलाई बोलाई सुरक्षाकर्मीहरुलाई गालीगलौज गराउन थालिन् ।

यता तस्करी गर्न नपाउने निहुँमा भारतीय तस्करहरु गाउँलेहरुको सहारामा सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेको सुरक्षाकर्मीहरुले बताएका छन् ।बहुआरका अधिकांश तस्करहरु सो नाकाबाट मदिरा, कुखुरा, मलखाद, धानको बिउ, र दैनिक उपभोग्य बस्तुहरुको तस्करी गर्दै आएका थिए तर लकडाउनले तस्करी गर्न नपाएपछि सुरक्षाकर्मीहरु प्रति आक्रोसित बन्दै गएका थिए ।

बिचबिचमा सुरक्षाकर्मी र तस्करहरुबीच भनाभन भएपनि आज मात्र त्यस्तो घटना घटन पुगेको स्थानियले बताएका छन् । यस बिषयमा सिमा खटिएका भारतीय एसएसबीहरु भने भारतीय तस्करहरुलाई नै मौन समर्थन जनाएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *