पुस्तक व्यवसायी संघको दादागिरी, छुट दिँदा १० हजार जरिवाना !

  • ध्रुवराज खनाल

चितवन । चितवनमा पुस्तक पसलले ग्राहकलाई कलम विक्रीमा छुटा दिदा जरिवाना तोकिएको खुलेको छ । रत्ननगर नगरपालिका वडा नम्वर २ हाईस्कुल रोडमा रहेको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री गर्दा १२ रूपैयाँ छूट दिएको कारण पसललाई १० हजार जरिवाना तोकिएको खुल्नमा आएको हो ।

नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थीले एक प्याकेट कलम किन्दा पसलका सञ्चालक नारायण रेग्मीले १२ रूपैयाँ छूट दिएका थिए । तोकिएको मूल्यभन्दा कम मूल्यमा कलम बिक्री गरेको भन्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनले रेग्मीलाई १० हजार जरिवाना तोकेको उनले वताए ।

४९० को किताब किनेका ती विद्यार्थीसँग ५०० रूपैयाँ लिएर रेग्मीले २२ रूपैयाँ पर्ने एक प्याकेट कलम दिएका थिए । विद्यार्थीको आर्थिक अवस्था कमजोर देखेर छुट दिए पसल संचालक रेग्मीले भने त्यसको परिणाम १० हजार जरिवाना तोकियो,यस्तो कार्यको विरोध गर्दै आएको छु । गत वर्ष पुस्तकमा उल्लेख गरिएको मूल्यभन्दा केही घटाएर विद्यार्थीलाई पुस्तक बेचेको भन्दै जिल्लाका १७ वटा पुस्तक पसललाई जरिवाना गर्दा गोर्खाली पुस्तक पसलले पनि १० हजार जरिवाना तिरेको थियो ।

कलम विक्रीमा छुट दिदा जरिवाना तोके पनि उनले तिरेका छैन् । त्यसैले उनलाई चितवनका डिलरहरुले पुस्तक दिएका छैनन् । पटकपटक आग्रह गर्दा पनि किताब नपाएपछि रेग्मीले जिल्ला प्रशासन कार्यालय चितवनमा महासंघ चितवनको कार्यशैलीविरूद्ध उजुरी दिएका छन् । रेग्मीले पुस्तक बिक्री गर्दा विद्यार्थीलाई छूट दिने गरेका कारण महासंघ चितवनले रेग्मीलगायतका पुस्तक पसल सञ्चालकलाई जरिवाना गरेको बुझिएको छ ।

महासंघ चितवनअन्तर्गतको पूर्वी चितवन समितिका संयोजक डिलेन्द्र पौडेलले संस्थागतरुपमा आग्रह गर्दा पनि गोर्खाली पुस्तक पसलका सञ्चालक रेग्मीले अंकित मूल्यभन्दा कम मूल्यमा किताब बिक्री गर्ने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *