रेल टिकटको लागि लडाईं, चाँडै सुरु हुन सक्छ हवाई उडान !
काठमाडौं । कोरोना संक्रमणका कारण कष्टकर बनेको जीवन सामान्य अवस्थामा फर्काउन तमाम प्रयास जारी छ । यसैबीच मंगलबारदेखि सुरु भएको रेल सेवामा टिकट बुकिङ्गका लागि निकै तछाडमछाड देखियो ।
द इण्डियन एक्सप्रेसको एक खबर अनुसार ट्रेनको क्षमताअनुसार चलाइनेछ । यो यात्रीहरुमा निर्भर गर्छ कि सामाजिक दुरी कसरी कायम राख्ने र गन्तव्यमा पुर्याउने जिम्मेवारी राज्यको हुनेछ कि राज्यले कस्तो प्रोटोकल अपनाउँछ ।
सोमबार टिकट बुकिङ्ग सुरु भएको २० मिनेटमा नै हावडा–नयाँ दिल्ली चल्ने ट्रेनको टिकट पाँच दिनसम्मका लागि बिक्यो । त्यस्तै मुम्बई–नयाँ दिल्ली रुटमा चल्ने ट्रेनको टिकट पनि त्यस्तै रह्यो ।
रेलवेका एक प्रवक्ताको भनाइ उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ– ‘राती सवा ९ बजेसम्म ३० हजार पीएनआर जनरेट भइसकेको थियो र अहिलेसम्म करिब ५४ हजार यात्रीले रिजर्भेसन गरेका छन् ।’
यद्यपी प्राविधिक समस्याका कारण बुकिङ्ग केही घण्टाका लागि रोक्नुपर्यो । सोमबार प्रधानमन्त्रीसँग भएको भिडियो कन्फ्रेन्समा कयौँ मुख्यमन्त्रीले यस समय ट्रेन चलाउने निर्णयमा चिन्ता प्रकट गरे ।
रेलवे सञ्चालन पश्चात आन्तरिक हवाई उडान पनि छिट्टै सुरु हुने सम्भावना देखिन्छ । नागरिक उड्डयन मन्त्रालयले यसबारेमा निर्णण् त गरिसकेको छैन तर कसरी उडान सुरु गर्ने प्रक्रियामा छ ।
द हिन्दु अखबारका अनुसार केन्द्र सरकारका एक शीर्ष अधिकारीले घरेलु उडानका लागि सहमति मिलिसकेको बताएका छन् । अब राज्यको इच्छामा भर पर्ने उनले बताएका छन् ।
अखबारले स्रोतका अनुसार आन्तरिक विमान उडान सेवा १८ मे अघि नै सुरु हुन सक्ने छ । अहिले अपरेटिङ प्रोटोकलमा विचार गरिरहेको छ । यद्यपी राज्यका मुख्यमन्त्रीहरुले नै यसबारे फैसला गर्नेछन् ।