आमासँग भिडियो कलमा बोल्दै थिए, उनी सदाका लागि निदाइन् !

काठमाडौं । ‘आमाको निधन हुनु केही घण्टा पहिले मात्र उनीसँग भिडियो कलमा कुरा भएको थियो । तब उनी आफ्नो नजिक र जसलाई उनी चाहन्थिन् उनको नाम लिइरहेकी थिइन् । म उनीसँग कुरा गरिरहेँ र विस्तारै विस्तारै उनी निदाइन्, कहिल्यै नउठ्ने गरी ।’

बीबीसीका प्रोड्युसर एन्ड्रयू वेब आफ्नी आमाको अन्तिम समयमा उनलाई भेट्न जान पाएनन् । यद्यपी जब उनी अस्पतालमा भर्ना भएकी थिइन् तब आफ्नी आमासँग समय बिताउनका लागि उनले प्रविधिकाे प्रयोग गरे ।

दुनियाँमा यस्ता कयौँ कहानी चलिरहेका छन् । किनकी कोरोना भाइरस (कोभिड १९) का कारण जारी लकडाउनले कयौँ परिवार गम्भीर बिमारीका कारण अस्पतालमा ज्यान गुमाउँछन् र आफ्नो अन्तिम समयमा पनि परिवार उनीहरुसामु पुग्न पाएका छैनन् ।

एक यस्तै कहानी एन्ड्रयु र उनकी आमा क्याथलीनको छ । एन्ड्रयुले आफ्नो अनुभव सेयर गर्दै बताए कि शारीरिक रुपले टाढा हुनुका बाबजुद पनि उनी आफ्नी आमासँग उनको अन्तिम समयमा पनि जोडिइरहे ।

एन्ड्रयु भन्छन्– ‘हामी आफ्नो माता–पिताको ५० औँ वैवाहिक वर्षगाँठ मनाउने तयारीमा थियौँ । त्यसै दिन मेरी आमालाई हृदयघात भएको थियो । परिवारसँग लञ्चको कार्यक्रम हामीले पहिले नै रद्द गरिसकेका थियौँ ।’

उनले थपे, ‘बितेको वर्ष (२०१९) नोभेम्बर मा आन्द्राको समस्याका कारण आमाको आपतकालीन अप्रेशन भएको थियो । यस वर्ष वैवाहिक वर्षगाँठ मनाउनु केही दिनअघि नै आमाको आन्द्रमा समस्या आयो । बुवाले आमालाई अस्पताल लैजानुभयो ।’

डाक्टरले यस्तो अवस्थामा अप्रेशन गर्दा उनको ज्यान समेत जान सक्ने र यदि बाँचिहाले पनि जीवन त्यति सहज नहुने बताए । त्यसको केही हप्तापछि उनकी आमाको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उनलाई खाना खान पनि समस्या हुन थाल्यो । उनी गम्भीर बिरामी परिन् र उनको मृत्यु भयो ।

ब्रिटेनमा अहिलेसम्म कोरोनाका कारण बाहिर निस्कन प्रतिबन्ध गरिएको थिएन, तर कोरोना तीव्र रुपमा फैलिएको थियो । यस्तो मुश्किल घडीमा उनी र उनको परिवार एक दुविधामा थियो, अस्पतालमा बिरामी भेट्न कसरी जाने ? किनकी भेट्न जाने मान्छेहरु नै बिरामीका लागि खतरा हुन सक्थ्यो यस्तो अवस्थामा । त्यसैले उनी अस्पताल गएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *