सीमा अतिक्रमणविरुद्ध विराटनगरमा अनेरास्ववियूकाे प्रदर्शन, मोदीको पुत्ला दहन

  • सुजता निङ्लेकु

विराटनगर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपाली भूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा अनेरास्ववियू विराटनगरले आज प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

भारतले नेपालको लिपुलेक भूमि मिचेर सडक निर्माण गरेसँगै काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा प्रदर्शन भइरहेको छ । प्रतिपक्षसँगै सत्तापक्षकै सांसद तथा नेताहरुले पनि संसदमा भारतको उक्त मिचाह कदमको विरोध जनाउँदै आएका छन् । नेपाल–भारत सीमा विवादको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *