भीआईपीका सुरक्षागार्डमा कोरोनाः नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सांसदबाहेक स्थायी कमिटीका नेताहरुको कोरोना परीक्षण नगरिएको र भीआइपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक स्थगन गरिएको हो । ‘भीआइपीकै सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेताको परीक्षण नगरिएकोले त्यसलाई मध्यनजर गरेर बैठक स्थगित गरिएको हो ।’

आजको बैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो । यसअघि संगलबार नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो पनि : भीम रावलको सुरक्षामा खटिएका सशस्त्र जवानलाई कोरोना पुष्टि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *