राज्यको सुरक्षार्थ आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लिन श्रेष्ठको आग्रह

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता लिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले राज्यको आवश्यकताका लागि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी लैजान सक्ने बताएका हुन्।

आफूले सुरक्षा खतराको महसुस नगरेको र राज्यले त्यस्तो आकलन गरेको छ भने पनि आफ्नो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण रहेको श्रेष्ठले बताए। उनले ट्विटरमा लेखेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना।’

यसअघि आवश्यकता महसुस नगरेकोले आफूले सुरक्षाकर्मी फर्काएको पनि उनले उल्लेख गरेका छन्। तर निर्वाचनको समयमा सुरक्षा संयन्त्रले सुरक्षाको कारण राख्न अनुरोध गरिएकोले आफू तयार श्रेष्ठले भनेका छन्। ‘मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइन। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।तर गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,’ ट्विटरमा उनले लेखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *