नर्समा कोरोना देखिएपछि सिल गरियो आरोग्य र निदान अस्पताल

काठमाडौं । एक नर्समा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि ललितपुरस्थित पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

हिजो एकैदिन ८३ जनामा संक्रमण देखिएको थियो, जसमध्ये भक्तपुरमा २ जनामा पुष्टि भएकाे थियाे । भक्तपुरकाे २ संक्रमितमध्ये एक २५ वर्षीया युवती आरोग्य प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि प्रशासनले एकै भवनमा रहेका ती दुवै अस्पताल आज (बुधबार) बिहान सिल गरेकाे हो ।

भवनमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । भक्तपुरमा पहिलो पटक कोरोना देखिएको हो ।

नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मंगलबार काठमाडाैंमा पनि एक जना संक्रमित थपिएका छन् । संक्रमितकाे ग्राफ उकालाे लागेपछि त्रास बढेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *