‘सीमामा विद्युतीय तारबार लगाऊ, आवश्यक परे जनताबाट सहयोग उठाऊँ’

काठमाडौं। राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाउने उपयुक्त समय आएको बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकमा उनले पटक पटक विभिन्न बाहनामा भारतले नेपाललाई दुःख दिइरहेको उल्लेख गर्दै उनले यस आर्थिक वर्षबाट तार जाली लगाउने काम सुरु गर्न सरकारसँग आग्रह गरे।

यस कार्यका लागि आवश्यक बजेको घोषणा गरेर जनताबाट सहयोग लिन सकिने बिडारीको भनाइ छ। उनले भनेका छन्, ‘मौका सधैँ आउँदैन। अहिले आएको छ। नेपाली सबै एक जुट भएका छन्। यही मौका पारेर जे जति नेपाली जनतासँग लिन पर्ने हो, जति पैसा चाहिने हो, त्यो कुरा घोषणा गरेर यही आर्थिक वर्षबाट तार जाली लगा एर राति राति करेन्ट छोड्ने। दिउँसो निकाल्ने गर्नु पर्छ। नेपालका सीमा क्षेत्रमा यो काम तत्काल गरिनु पर्छ।’

सांसद बिडारीले राहत वितरण गर्न गाउँ गाउँमा मान्छे जम्मा पार्ने परिपाटीले कोरोना सरेको तर्क गरे। सांसद मन्त्री र नेताहरूले जनता जम्मा पारेर राहत वितरण गर्दा कोरोना सरेको उनको भनाइ छ। ‘नेता हुँ भनेर, टाई सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने। कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे।’

राहत स्थानीय सरकारको समन्वयमा सीमित सम्बन्धित व्यक्तिहरूले बाँड्नु पर्ने उनको धारणा छ। उनले हाल कोरोना भाइरसका कारण देखिएका समस्याहरू समाधानका लागि ऐनको आवश्यक भएको बताएका छन्। उनले राहत वितरणदेखि कोरोनाका कारण प्रयोगमा आएका नयाँ शब्दावलीको परिभाषा गर्ने ऐन चाहिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *