सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकतामा राजनीतिकरण देखियोः नेतृ भुसाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सरकारको आगामी बजेट जीवनरक्षा र शिथिल अर्थतन्त्र उकास्न मद्दत पुग्नेगरि ल्याइने अपेक्षा रहेको बताएकी छन्। तर विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतालाई हेर्दा सरकारले ल्याउने बजेट वर्तमान आवश्यकता भन्दा पनि परम्परागत दस्ताबेजमा केन्द्रित हुने देखिएको बताइ।

बुधवार प्रतिनिधिसभा बैठकमा भुसालले संकटका वेला विगतकै विषयलाई निरन्तरता दिएर नहुने बताइन्। सरकारले वामपन्थी चुनावी घोषणा पत्र, १५ औँ योजना, दीगो विकासलाई बजेटको मापदण्ड बनाएको बताइन्। अहिलेको समयमा उक्त विषय राष्ट्रिय आवश्यकताका विषय नभएको उनको भनाइ छ। कोरोना महामारीपछि नागरिकको आवश्यकता र मुलुकको गाम्भिर्यता फेरिएको भुसालले बताइन्।

उनले फेरिएको नागरिकको आवश्यकता र मुलुकको गाम्भिर्यतालाई बजेट निर्माण गर्दा केन्द्रमा राख्नु पर्ने उनले बताइन्। सरकारको सम्पूर्ण ढुकुटीलाई अहिले कोरोना महामारीका विरुद्ध लगाउन जोड दिइन्। स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याउन उनको आग्रह थियो। उनले भनिन्, ‘भोलिका दिनमा रेलमार्ग र जलमार्गको आवश्यकता पनि पर्ला, तर अहिलेको प्राथमिकता त्यो होइन।’

यसअघि विवादित बनेका कार्यक्रमहरू आगामी बजेटमा दोहोर्‍याउन नहुने उनको भनाइ छ। प्रधानमन्त्री रोजगार कार्यक्रम र ‘सांसद विकास कोष’का लागि बजेट छुट्ट्याउन जरुरी नरहेको उनको सुझाव छ। सरकारले ल्याउन लागेको बजेटलाई राजनीतिकरण गरिएको भन्दै भुसालले अर्थमन्त्रीको कटाक्ष गरिन्। बजेट कनिका छरेजस्तो छरिन खोजेको उनले बताइन्। कोरोना संकटको यस्तो बेला फजुल खर्च कटौती गर्नुपर्नेमा उनको जोड छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *