फाइभजी सञ्जाल के हो ? जानी राखौं फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्सको बारेमा

अब हामी फाइभजी यूगमा प्रवेश गर्दै छौँ । फइभजीको युगमा प्रवेश गर्ने क्रममा भविस्यमा आउने उपकरणहरु फाइभजीका लागि विशेष ध्यानमा राखि विकसित गरिने निश्चित प्रायः छ ।

विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगतरुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् । ती माबाइलहरुमा तीन प्रकारका रेडियो सिग्नलको प्रयोग मार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ ।

मोबाइल कन्ट्रयाक्ट योजनाका लागि क्यारियरको खोजीमा रहेका जो कोहीले हरेक ब्य्राण्डका विशेषता तथा कमजोरीका बारेमा जान्नु आवश्यक छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी तीन प्रकारका हुन्छन् । तीनका आ आफ्नै विशेषताहरु रहेका छन् । तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाइ ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् ।

 

फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्सका प्रकार :

लो ब्याण्ड फाइभजी : विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औषत फोरजी नेटवर्कका तुलनमा तिब्र नै हुने बताइन्छ । लो ब्याण्ड फाइभजीले कम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ ।

मिड ब्याण्ड फाइभजी  : हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कमरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् । मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल ¥याडियस भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।

हाई ब्याण्ड फाइभजी : विशेषगरी अत्यधिक जनघनत्व भएका शहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परिक्षणहरुमा उच्च ब्याण्ड गति ३जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन् । यो भनेको औषत फोरजी कनेक्सनका तुलनमा करिव ८० गुना तिब्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ । हाई ब्राण्ड फाइभजी १ देखि ३ जीबीपीएससम्मको गति लिन सक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल ¥याडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *