दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका–१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडक्वार्टरका निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।

बीओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई–१७ हेलिकप्टर खलंगाबाट थाङरु गएको थियो । थाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।

बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *