ट्रक र बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु, ५० जना घाइते
मकालु खबर
२०७७ जेठ १ गते
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा ८ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ ।
स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ ।
यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी
मकालु खबर
२०७७ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित