टिचिङ अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा, इएनटी न्युरो वार्ड सिल !

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

त्यहाँ उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न त्यहाँका चिकित्सक, नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएकाे छ । अहिले अस्पतालकाे नाक, कान, घाँटी रोग विभाग (ईएनटी) को न्युरो वार्ड सिल गरिएको छ ।

ती बालिका कपिलवस्तुकी हुन् । टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत उनलाई ६ दिनअघि उपचारका लागि काठमाडौं ल्याइएको थियो । नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *