संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण !
मकालु खबर
२०७७ जेठ १ गते
काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएकी नर्समा नै संक्रमण देखिएको छ । बुधबार राति थपिएका पर्साका तीन जना कोरोना संक्रमितमध्ये एक जना ३६ वर्षीया नर्स भएको खुलेको हो ।
संक्रमित नर्स कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत छिन् । यसअघि उनी अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत थिइन् । अस्पतालमा कोरोना संक्रमित बढ्न थालेपछि पछिल्लो समय उनी कोरोना संक्रमितको उपचारमा खटिएकी थिइन् ।
यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारमा संलग्न चिकित्सकमा पनि संक्रमण देखि थालेपछि नेपालमा कोरोनाको जोखिम बढेको छ ।
मकालु खबर
२०७७ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित