सम्भावित संक्रमितको संख्या ३५९ पुग्यो, कन्ट्याक्ट ट्रेसिङ जारी !

काठमाडौं । नेपालमा पीसिआर विधिबाट हालसम्म २२ हजार ६६४ स्वाब नमुना परिक्षण भएको छ । आज मात्रै १ हजार ३६३ वटा स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म आरडिटी विधिबाट ६२ हजार ३२७ नमुना स्वाब परीक्षण भएको छ । गएको २४ २ हजार ६ वटा स्वाब नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्यस्तै देशभर क्वारेन्टाइन बेड संख्या ५३ हजार ८३५ छ भने क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्या १५ हजार ६ सय छन् ।

आइसोलेसन २७२ जना रहेका छन् । आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितहरुलाई राख्ने गरिएको छ । काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिर २६६ जना आइसोलेसनमा छन् ।

त्यसैगरी मन्त्रालयको कोभिड १९ सम्बन्धि दुई वटा एप्लिकेसनमा आजसम्म आफ्नो स्वमुल्याकंन फाराम भरेर आफ्नो स्वास्थ्य स्थितिको बारेमा जानकारी लिने व्यक्तिहरुको संख्या ३६ हजार ४६५ पुगेको छ ।

गएको २४ घण्टामा थप ७४२ जनाले उक्त फाराम भरेर आफ्नो स्वमुल्यांकन गरेका छन् । उनीहरुमध्ये ४ जना रेड जोनमा छन् । यसको मतलब उनीहरु सम्भावित संक्रमित हुन सक्छन् ।

यसरी सम्भावित संक्रमित हुन सक्ने व्यक्तिहरूकाे संख्या हालसम्म ३५९ पुगेको छ । उनीहरुलाई सम्बन्धित महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको आज (बिहीबार) को प्रेस बिफ्रिङमा प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *