सीमामा अलपत्र नागरिकको व्यवस्थापन गर्न शिक्षा समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सीमामा अलपत्र नेपाली नागरिकलाई सुरक्षित रुपमा स्वदेश प्रवेश गराउन सरकारलाई निर्देशन गरेको छ। समितिको बिहीबारको बैठकले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई तीन तहका सरकारको समन्वयमा घर फर्किने व्यवस्था गर्न निर्देशन दिएको हो।

बैठकमा सांसदहरुले सीमामा रोकिएका नागरिकलाई सुरक्षित रुपमा प्रवेश गराउन माग गरेपछि समितिले उक्त निर्देशन दिएको हो। स्वदेश फर्किएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासहित गर्न पनि समितिले भनेको छ। बैठकले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन भनेको छ।

पिसिआर सेट, पिपिई, मास्क, थर्मलगनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई भनेको हो। समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिको अभावसमेत हुन नदिन सरकारलाई निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

समितिले तत्काल कोरोना भाइरस परीक्षणको दायरा बढाउन पनि सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *