सन्नीले मनाइन् ४० औं जन्मदिन, श्रीमानले भने- ‘तिमी असल पत्नी र आमा हौ’

काठमाडौं । बलिउड तथा हलिउड नायिका सन्नी लियोनले हिजो (बुधबार) आफ्नो ४० औं जन्मदिन मनाइन् । उनका शुभचिन्तक, साथीभाइ, आफन्त, फयानहरुले शुभकामना दिए । श्रीमान् डेनियल वेवरले पनि सामाजिक सञ्जालमार्फत् शुभकामना दिए । उनले लेखेका छन्, ‘तिमी असल पत्नी, आमा र प्रेमिका हौ ।’

सन्नीले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्– ‘म निकै नै भाग्यमानी छु । किनकि तपाईंहरू सबै मेरो जीवनको एक हिस्सा हुनुहुन्छ । मलाई थाहा छ, तपाईंहरू सबै म बाट टाढा हुनुहुन्छ । तर पनि म तपाईंहरूलाई धेरै नै माया गर्छु । मलाई आशा छ यो परिस्थितिसँग तपाईंहरू सबै मुस्कानका साथ लड्नु हुनेछ र बाहिर आउनुहुनेछ ।’

‘बिग बोस’ नामक रियालिटी शोमा देखिन थालेपछि उनको प्रवेश बलिउडमा भएको हो । त्यसपछि उनी चलचित्र, मोडलिङ, विज्ञापन र स्टेज कार्यक्रममा व्यस्त हुन थालेकी छिन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् उनी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *