राहत सामग्री खरिद प्रकरण: धनगढी उपमहानगरपालिकामा अख्तियारद्वारा छापा

  • अंकुश कुँवर

धनगढी । धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको महेन्द्रनगरको टोलीले आज दिउँसो उपमहानगरपालिकामा छापा मारेर खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

खरिद प्रक्रियाको अनियमितताबारे छानविन गर्न कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए । धनगढी उपमहानगरपालिकाले दुई करोड ६१ लाख रुपैयाँमा राहत सामाग्री खरिद गरेको थियो ।

धनगढीकै ठाकुर ट्रेड लिंकमार्फत् खरिद गरेको चामल कुहिएको फेला परेको थियो । चामल आपूर्ति गरेर वितरण गरिएको चामल कुहिएको भेटिएपछि स्थानीयले चामल फिर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *