थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २४९ पुग्यो

२०७७ जेठ १ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ८ः३० बजे काठमाडौँ दह चोक निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

२०७७ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित