१५ दिन सरकारी कार्यालय बन्द गर्न गृह बैठकको सुझाव

काठमाडौं । उपत्यकाभित्र कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएपछि गृह मन्त्रालयले १५ दिन अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्न सिफारिस गरेकाे छ ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले १५ दिनको लागि सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो । उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सरकारी कार्यालय बन्द गर्ने विषयमा सहमति जनाएका छन्।

त्यस्तै, बैठकले अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द गर्ने निर्णय गरेको छ । नाकालाई थप कडाइ गर्न सेना परिचान गर्ने विषयमा समेछ छलफल भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ ।

नेपालमा हालसम्म २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान थप ९ जनामा पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । संक्रमित मध्ये ३५ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *