राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना भाइरस (कोभिड १९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो । संघीय संसदका दुवै सदनका सांसदहरूकाे पनि परिक्षण गरिसकिएकाे छ । उनीहरू सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ ।

संसद् अधिवेशनमा सहभागी सांसदहरूका लागि विभिन्न आचारसंहिता बनाइएको छ । आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्नेदेखि कोरोना परीक्षणपछि आफ्नो जिल्ला समेत जान नपाउने नियम बनाइएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसदहरूले मात्र बैठकमा भाग लिने पाउनेछन् । त्यस्तै सामाजिक दूरी कायम गरेर पालैपालो प्रवेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *