मन्त्रिपरिषद् बैठक बस्दै, उच्चस्तरीय समन्वय समितिको बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।

२ बजेका लागि बैठक बाेलाइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने जानकारी दिइएकाे छ ।

यस्तै कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि यसको जोखिम न्युनिकरण तथा रोकथाम प्रभावकारी बनाउने बारे छलफल छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक जारी छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो ।

गृह मन्त्रालयमा बिहीवार बसेको बैठकले १५ दिनको लागि सरकारी कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न सिफारिस गरिसकेको छ । नाकालाई थप कडाइ गर्न सेना परिचान गर्न समेत बैठकमा छलफल भएको थियो ।

बैठकको सिफारिस सरकारले कोरोना रोकथामको लागि गठन गरेको उच्चस्तरीय समन्वय समितिका र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा पठाउनु पर्छ। समितिले निर्णयलाई उचित ठानेमा फेरी निर्णय सहितको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पठाउँछ। मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछिमात्र यो निर्णय कार्यान्वयमा आउने छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *