स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई गगन थापाको १६ बुँदे सुझाव (पूर्णपाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई १६ बुँदे सुझाव दिएका छन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि ९ र आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि ७ गरी १६ बुँदे सुझाव उनले दिएका हुन् । थापाकाे ७ पृष्ठ लामो ध्यानाकर्षण तथा सुझावमा आगामी आर्थिक वर्षको बजेटका लागि स्वास्थ्य क्षेत्रको पुनर्संरचना, एकिकृत स्वास्थ्य पूर्वाधार मापदण्ड र परियोजना कार्यान्वयन, कानूनी संरचना निर्माण र कार्यान्वयन, सुपथ मुल्यमा गुणस्तरीय औषधिको उपल्बधता, स्वास्थ्य बिमा लगायतका विषय उल्लेख गरेका छन् ।

यस्तै थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेको कदम पर्याप्त नभएको भन्दै ९ बुँदे सुझाव दिएका छन् । उनले नेपालमा संक्रमितकाे संख्या उल्लेख्य बढेकाे भन्दै सम्भाव्य जाेखिमलाई संवेदनशील रूपमा लिएर युद्धस्तरमा काम गर्नुपर्ने बताए ।

परीक्षणको दायर व्यापक बनाउन पनि उनले सुझाव दिएका छन् । उनले पत्रमा लेखेका छन्– ‘अब केही हजार होइन, लाखौँको परीक्षण गर्नेकुरा सोच्नुपर्छ । र त्यसअनुरुप सामग्री, उपकरण र जनशक्तिको तयारी गर्नुपर्छ । अबको २ महिनाभित्र ५ लाख परीक्षण गर्ने संकल्प र त्यसका लागि आवश्यक तयारी गर्नुहोस् ।’

यस्ताे छ थापाले दिएका १६ बुँदे सुझावसहितको ध्यानाकर्षणकाे पूर्णपाठ

पढ्नका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्ः

बजेट तथा कार्यक्रम_स्वास्थ्यपत्र

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *