कोरोनाबाट नागरिकको ज्यान जान दिँदैनौँः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपाली नागरिकको ज्यान जान नदिने तथा देशलाई महामारीबाट मुक्त बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन् ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा देशलाई कोभिड १९ मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता रहेको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

कोराना भाइरसको परीक्षणमा व्याकता, औषधि, चिकित्सक र स्वास्थ्य सामग्रीको पर्याप्त परिचालन गरेर सरकार नेपालीको ज्यान जान नदिन दृढतापूर्वक लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *