कृषिलाई रोजगारीको मुख्य क्षेत्र बनाइने, विदेशबाट फर्केकालाई यी चार क्षेत्रमा खटाइने

काठमाडौं । सरकारले कृषिलाई रोजगारीको मुख्य क्षेत्र बनाउने रणनीति लिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा कृषिमा आधनुनिकरण र यन्त्रिकरण गर्दै उत्पादन बढाउने र यस क्षेत्रलाई रोजगारीको मुख्य क्षेत्र बनाउने रणनीति सरकारले लिएको बताएकी हुन् ।

हाल नेपालमा खाद्य अवस्थामा सुधार भइरहेको बताउँदै भण्डारीले आगामी दिनमा जमिन खेर जान नदिने र कृषि जमिनबाट उत्पादन सघन गर्न सरकारले कृषि उद्यमलाई रोजगारीको मुख्य क्षेत्र बनाउने बताइन् ।

त्यस्तै उनले ‘दक्ष श्रमिक, कामको सम्मान, उचित पारिश्रमिक सरकारको श्रम नीति’ अन्तर्गत सरकारले व्यापक रोगजारी र अवसर सिर्जना गर्ने बताएकी छिन् ।

आन्तरिक रोजगारी नभएको अवस्थामा महामारीले स्वदेशको रोजगारी संकुचित गरेको र विदेशमा रहेकाहरु फर्किँदा बेरोजगार बढ्ने भएकाले सरकारले बेरोजगार सबैलाई व्यावसायिक कृषि, पूर्वाधार, उद्योग र निर्माण सेवाका क्षेत्रमा परिचालन गरिने सरकारको योजना रहेको उनले सुनाइन् ।

सीपयुक्त र दक्ष जनशक्तको अभाव भएकाले बेरोजगारलाई प्राविधिक शिक्षाका कार्यक्रमलाई एकीकृत परिचालन गरिने, सबै स्थानीय तहमा घुम्ती तालिम दिने सरकारको योजना छ। सरकारले सीप भएकालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *