एन आई सी एशिया लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सृर्जित असहज परिस्थितिको बाबजुद वित्तीय संस्थाले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८% (रू. ७ करोड १६ लाख) ले वृद्धि गरी रू.१९ करोड ४८ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ५६.४३% (रू. ४ करोड ४३ लाख) को वृद्धि सहित रू. १२ करोड २७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. ७ करोड ८४ लाख रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा रू १ अर्ब ८८ करोड वृद्धि गरी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोडले बढि हो र बचत संकलनतर्फ रू.२२ करोडले वृद्धि गरी रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ५६ करोडले बढि हो ।
वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाले आफ्नो निश्कृय कर्जा अनुपातमा सुधार ल्याई ०.३२ % मा कायम राख्न सफल भएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३.५ ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा हर्जाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *