काठमाडौंमा कहिले आउँछ मेलम्चीको पानी ? यसो भन्छिन् राष्ट्रपति

काठमाडाैं । मेलम्चीकाे खानेपानी छिट्टै नै काठमाडाैं भित्र्याउने भएकाे छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने बताइन् ।

-मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीव्रता दिइएको छ । आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने छ ।

-ह्याङ्ग्री र लार्के खोलाबाट पानी उपलब्ध हुने गरी आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गरिने छ ।

-आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसंख्यालाई आधारभुत स्तरको खानेपानी सेवा उपलब्ध गराइने छ ।

-आगामी तीन वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको सह लगानीमा सबै घरमा खानेपानी सुविधा पुर्याइने छ ।

-शुद्ध खानेपानीको आपूर्तिलाई दिगो बनाउन महाकाली, कर्णाली, बबई र कोशी लगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *