कोरोना संकटका बेला सरकारले कस्तो ल्यायो नीति तथा कार्यक्रम ? हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । शुक्रबारको संघीय सदनको दुवै संसदको बैठकमा राष्ट्रपति भण्डारीले सरकारले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।

त्यस्तै आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले मेलम्चीकाे खानेपानी छिट्टै नै काठमाडाैं भित्र्याउने पनि लक्ष्य लिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षभित्र उक्त आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने बताइन् ।

यस्तै सरकारले कृषिलाई रोजगारीको मुख्य क्षेत्र बनाउने रणनीति लिएको छ । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षमा कृषिमा आधनुनिकरण र यन्त्रिकरण गर्दै उत्पादन बढाउने र यस क्षेत्रलाई रोजगारीको मुख्य क्षेत्र बनाउने रणनीति सरकारले लिएको बताएकी हुन् ।

हाल नेपालमा खाद्य अवस्थामा सुधार भइरहेको बताउँदै भण्डारीले आगामी दिनमा जमिन खेर जान नदिने र कृषि जमिनबाट उत्पादन सघन गर्न सरकारले कृषि उद्यमलाई रोजगारीको मुख्य क्षेत्र बनाउने बताइन् ।

त्यस्तै उनले ‘दक्ष श्रमिक, कामको सम्मान, उचित पारिश्रमिक सरकारको श्रम नीति’ अन्तर्गत सरकारले व्यापक रोगजारी र अवसर सिर्जना गर्ने बताएकी छिन् । आन्तरिक रोजगारी नभएको अवस्थामा महामारीले स्वदेशको रोजगारी संकुचित गरेको र विदेशमा रहेकाहरु फर्किँदा बेरोजगार बढ्ने भएकाले सरकारले बेरोजगार सबैलाई व्यावसायिक कृषि, पूर्वाधार, उद्योग र निर्माण सेवाका क्षेत्रमा परिचालन गरिने सरकारको योजना रहेको उनले सुनाइन् ।

सीपयुक्त र दक्ष जनशक्तको अभाव भएकाले बेरोजगारलाई प्राविधिक शिक्षाका कार्यक्रमलाई एकीकृत परिचालन गरिने, सबै स्थानीय तहमा घुम्ती तालिम दिने सरकारको योजना छ। सरकारले सीप भएकालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुस् नीति तथा कार्यक्रमकाे पूर्णपाठः

नीति तथा कार्यक्रमकाे पूर्णपाठ विस्तृतमा हेर्नका लागि तलकाे लिंक क्लिक गर्नुहाेस्

नीति-तथा-कार्यक्रम-२०७७-७८

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *