सरकारकाे नीति तथा कार्यक्रमः बाबुरामले भने- इच्छासूची वाचन गराइयो, गगनले गरे यस्ताे व्यंग्य !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रममाथि असन्तुष्टि पोख्दै टिप्पणी गरेका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले संघियताको धज्जी उडाएको बताए ।

उनले लेखेका छन्– ‘अहिलेसम्मकै सम्भवतः सबभन्दा लामो सरकारी नीतिरकार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो ! प्रदेश–स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो । कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो ! हामी कहिलेसम्म मूर्ख बन्ने ?’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कोरोनाले खासै प्रभाव परेको रहेनछ भन्दै व्यंग्य गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्– ‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिएँ । अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधनस्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन, यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ, देश परदेशमा भएको कोही पनि आत्तिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *